बिग बास लिगमा सन्दिप लामिछाने शानदार प्रदर्शन गरेका छन्। सन्दिपले आफ्नो पहिलो ओभरमा नै विकेट लिए । "/>

बिग बासमा सन्दिपको शानदार प्रदर्शन, पहिलो ओभरमै विकेट

बिग बासमा सन्दिपको शानदार प्रदर्शन, पहिलो ओभरमै विकेट

केन्द्रबिन्दु
0
Shares

बिग बास लिगमा सन्दिप लामिछाने शानदार प्रदर्शन गरेका छन्। सन्दिपले आफ्नो पहिलो ओभरमा नै विकेट लिए । उनले पहिलो ओभरको तेस्रो बलमा एलेक्स डोलनलाई मात्र २ रनमा बोल्ड गरे ।

उनको टिम मेलबर्न सिक्सर्सले होबर्ट हुरिकेन्सलाई एक सय ५६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मेलबर्नले २० ओभरमा ५ विकेट गुमाउदै एक सय ५५ रन बनाए । ३२ रन बनाउदा पहिलो विकेट गुमाएको मेलबर्नका लागि कप्तान ग्लेम म्याक्सवेल र निक लार्कीनले ८७ रनको साझेदारी गर्दै टिमलाई सम्हाले ।

उसका ट्रेभिस डियनले ११ तथा बेन डन्कले १० रन बनाए । यस्ते निकले ४५ तथा म्याक्सवेलले ४७ रनको योगदान गरे । यस्तै मार्कुस स्टोनिसले २२ र ड्वायन ब्राभोले १२ रन थपे ।

Skip This
Skip This
Logo