काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक तथा माछापुच्छ्रे गाँउपालिका वडा नम्बर ३ र ४ को संयुक्त आयोजनामा हाइड्रो प्रभावित क्षेत्र तथा गाउँमा सेयर सम्बन्धी सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
माघ २१ देखि २४ सम्म वित्तीय साक्षरता कार्यक्रम भएको हो । क्यापिटलको पाँचौं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
माघ २१ देखी २२ सम्म (२ दिन) माछापुच्छ्रे गाँउपालिका कास्कीको वडा नम्बर ४ लाहाचोकका हाइड्रो प्रभावित क्षेत्र तथा गाउँहरूमा र २३ र २४ गते (२ दिन) माछापुच्छ्रे गाँउपालिका कास्कीको वडा नम्बर ३ र सो वडाका गाउँहरूमा सम्पन्न गरिएको थियो ।
सो वित्तीय साक्षरता, सचेतना र घरदैलो कार्यक्रम, वडा नम्बर ४, घाचोक माछापुच्छ्रे बैंक बगर शाखाका शाखा प्रबन्धक उज्जवल घिमिरे तथा माछापुच्छ्रे बैंक लिमिटेडका गण्डकी प्रदेशका क्लस्टर प्रमुख जीवनबहादुर कार्कीको समन्वयमा सम्पन्न भएको हो।
क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सवको उपलक्षमा माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व न्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भब्यताका साथ मनाइरहेको छ ।
माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रूपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डमार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।































प्रतिक्रिया