काठमाडौं । प्रहरी महानिरीक्षक (आइजीपी) सर्बेन्द्र खनालले खाज पत्रकार सम्मेलनको आयोजना गरेका छन् । निर्मला हत्या प्रकरणमा दोषी पत्ता लगाउन नसकेको भन्दै आलोचना भईरहेको बेला आईजीपी खनालले पत्रकार सम्मेलन आयोजना गरेका हुन् ।
बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी बालिका निर्मला पन्तसहित समसामयिक घटनाबारे खनालले सोमबार दिउँसो पौने दुईबजे प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलनमा निर्मला हत्याका विषयमा अनुसन्धानको पछिल्लो अवस्थाबारे जानकारी दिनेछन् ।
प्रहरीले केही दिनअघि कञ्चनपुरका दुईजना युवकलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । काठमाडौँबाट पक्राउ परेका प्रदीप रावल र कञ्चनपुरबाट पक्राउ परेका विशाल चौधरीले निर्मला हत्या घटनामा आफूहरु संलग्न रहेको साविति बयान दिएको कुरा बाहिर आएको थियो ।
उनीहरुको संलग्नताबारे पुष्टि गर्न प्रहरीले डिएनए परीक्षण गरेको थियो । विशालको संलग्नता रहेको नपाइएपछि उनलाई शनिवार नै रिहा गरेको थियो । तर प्रदीप भने हिरासतमै छन् । उनीबारे थप अनुसन्धान भईरहेको भन्दै प्रहरीले हिरासतमै राखेको हो ।





























प्रतिक्रिया