ट्रम्प र मोदीबीच भेटवार्ता, व्यापारको विषयमा छलफल

ट्रम्प र मोदीबीच भेटवार्ता, व्यापारको विषयमा छलफल

केन्द्रबिन्दु
63
Shares

एजेन्सी । अमेरिका भ्रमणमा रहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन्।

दुई देशका राष्ट्र प्रमुखबीचको भेटमा व्यापार र अन्य विषयमा छलफल भएको बताइएको छ । राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री मोदीले ह्वाइट हाउसमा भेट गरेका हुन्। भेटमा दुई देश बिचको व्यापार सुमधुर बनाउन अमेरिकी तेल र ग्यास भारतले आयात गर्ने विषयमा छलफल भएको ट्रम्पले बताएका छन्।

ट्रम्पले धेरै देशलाई पारस्परिक भन्सार महसुल लगाइरहेको समयमा यो वार्ता भएको हो ।

Logo