हुलाकी सडकको कालोपत्रे सुरु

हुलाकी सडकको कालोपत्रे सुरु

केन्द्रबिन्दु
0
Shares

नेपालगन्ज

राप्तीपारिको विकाससँग जोडिएको जिल्लाकै बहुप्रतीक्षित नेपालगन्ज–बघौडा हुलाकी सडक कालोपत्रे गर्न सुरु गरिएको छ ।

बाँकेको पुरैनीबाट सो सडकको कालोपत्रे गर्न सुरु गरिएको निर्माण कम्पनी गणपति ग्रुप अफु कन्स्ट्रक्सनले जानकारी दिएको छ । “पहिलो चरणको कालोपत्रे गर्ने कार्य सुरु गरिएको छ,” कम्पनीका प्रमुख तुलसीराम भण्डारीले भने, “बाधा, अवरोध नहुने हो भने निर्धारित समय अगावै काम सक्ने लक्ष्य लिएका छौं ।”

नेपालगन्जको पुष्पलाल चोकदेखि नरैनापुर गाउँपालिकाको अन्तिम सिमाना सुईंयासम्म ४४.६ किमि रहेको सो हुलाकी सडकको बाँके खण्ड निर्माणका लागि २०७३ फागुन ४ गते सम्झौता भई काम अगाडि बढेको थियो । पप्पु लुम्बिनी जेभीको नाममा ठेक्का सम्झौता भए पनि फिल्डमा भने गणपतिले काम गरिरहेको छ । ३० महिनामा उक्त सडक खण्ड पूरा गर्ने गरी निर्माण सम्झौता भएको छ ।
कारोबारबाट

Logo