काठमाडौँ
सरकारले ल्याएको समायोज अध्यादेशविरूद्ध आन्दोलनमा उत्रेका निजामती कर्मचारी झनै आक्रामक भएका छन् । सरकार भने आफ्नो अडानमा गल्दै गएको छ ।
कर्मचारीले आइतबार सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटी अध्यादेश सच्च्याउन माग राख्दै मस्यौदा तयार गर्ने कर्मचारीमाथि कारबाहीको माग गरेका छन् । दुई, तीन जना उच्च कर्मचारीले राजनीतिक नेतृत्वलाई भ्रम सिर्जना गरेको उनीहरूको दाबी छ ।
‘अध्यादेशको मस्यौदा तयार गर्ने केही उच्च कर्मचारीलाई कारबाही गर्न हामीले साामान्य प्रशासनमन्त्रीसँग माग राखेका छौ,’ निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका महासचिव सुवोध देवकोटाले भने, ‘अध्यादेशको मस्यौदा तयार गर्ने दुई, तीन जना उच्च कर्मचारी यसमा दोषी हुनुहुन्छ । उहाँहरूले राजनीतिक नेतृत्वलाई भ्रम सिर्जना गर्ने काम गर्नु भएको छ ।’ अध्यादेश मस्यौदा तयार गर्ने केही उच्च कर्मचारीले आफ्नो हितलाई मात्र हेरेर मस्यौदा तयार गरेको उनले बताए ।
मन्त्रीलाई भेट्न आधिकारिक ट्रेड युनियनका पदाधिकारी, तथा चार कर्मचारी संगठनका प्रतिनिधिहरू आइतबार सिंहदरबार पुगेका थिए । भेटमा मन्त्रीले कर्मचारीको वृत्ति विकास नरोकिने आश्वासन दिएको मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीले बताए ।
यसैगरी आइतबार कर्मचारी समायोजन अध्यादेश सच्च्याउन माग राख्दै प्राविधिक सञ्जाल नेपालले देशभरका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
नागरिकबाट





























प्रतिक्रिया