जलवायु न्याय हाम्रा लागि आवश्यकता : मन्त्री शाही

जलवायु न्याय हाम्रा लागि आवश्यकता : मन्त्री शाही

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाही ठकुरीले नेपालले जलवायुजन्य असरको कारण पीडा भोग्नु परेको भन्दै जलवायु न्याय हाम्रो लागि अत्यन्तै आवश्यक रहेको बताए ।

शुक्रबार जलवायु सम्बन्धी एक पुस्तक विमोचन समारोहमा बोल्दै उनले हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका रहँदा पनि नेपालले पीडाहरु भोग्नु परेको बताए । उनले भने, ‘नेपाल पर्वतीय देश भएकाले जलवायु परिवर्तनको असरले अप्ठ्यारो परेको सबैलाई थाहा छ । हरितगृह ग्यास उत्सर्जनमा नगन्य भूमिका रहँदा पनि हामीले जलवायुजन्य असरको कारण पीडाहरु भोग्नु परेको छ । जलवायु न्याय हाम्रा लागि अत्यन्तै आवश्यकता छ ।’

मन्त्री शाहीले जलवायु वित्त प्रवाहको लागि स्थापित भएका अन्तर्राष्ट्रिय कोषहरुबाट लाभ लिन सक्नुपर्ने बताए । उनले जलवायु वित्तमार्फत आउने सहयोगहरु प्रतिस्पर्धात्मक हुने पनि बताए ।

Skip This
Skip This
Logo