एकै सातामा तेस्रोपटक कांग्रेस-एमाले संयन्त्रको बैठक बालुवाटारमा

एकै सातामा तेस्रोपटक कांग्रेस-एमाले संयन्त्रको बैठक बालुवाटारमा

केन्द्रबिन्दु
138
Shares

काठमाडौँ । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरू बैठकमा सहभागी छन् ।

बैठकमा सरकार सञ्चालनका विषय, संसदमा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रतालगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ । 

यसअघि यसै साता दुई पटक संयन्त्रको कार्यदलको सम्पन्न भएको थियो ।

Logo