काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई नमुना बुटिक विमानस्थल बनाउने घोषणा गरे । पछिल्लो समय सुधार हुँदैं आएको विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल क्षेत्रमा कार्पेट समेत विछ्याईएको छ ।
त्यस्तै विमानस्थल सुधारको क्रम जारी छ । प्रधानमन्त्री ओलीले विश्वकै नमुना बुटिक विमानस्थल बनाउने घोषणा गरेपछि यसको चर्चा फेरि चुलिएको छ ।
थोरै कोठा, परम्परागत शैली र सज्जा भएका होटललाई बुटिक होटलको रूपमा लिने गरिन्छ । तर विमानस्थल बुटिक स्वरूपको बनाउने प्रधानमन्त्रीको घोषणाले सबैको ध्यान तानेको हो ।
विमानस्थलको सजावट परिर्वत गर्नेदेखि नेपाली परम्परागत मौलिकता झल्किनेगरी बुटिक विमानस्थलको स्वरुप दिईने प्रधानमन्त्रीको भनाई हो । त्यसको लागि तयारी थालिएको विमानस्थलले जनाएको छ ।
त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले विमानस्थलको साजसज्जा परिवर्तनको काम भइरहेको र यसले पूर्णता पाएपछि बुटिक विमानस्थलको स्वरूप लिने बताए । त्यसको लागि आवश्यक तयारी थालिएको क्षेत्रीको भनाई छ ।
सिसाको ढोका र झ्याल हटाएर काठका कलात्मक आँखीझ्याल राखिरहेको बताउँदैं थप सुधारको काम भईरहेको उनको भनाई हो ।





























प्रतिक्रिया