पोखराका घाइते पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो

पोखराका घाइते पौडेल र आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइयो

केन्द्रबिन्दु
261
Shares

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर उनीहरू घाइते भएका थिए । लगत्तै उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ ।

अर्थमन्त्री पौडेल निकट स्रोतका अनुसार उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका थिए ,
महानगर प्रमुख आचार्यको गालामा आगोको लप्काले पोलेको छ ।

रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो भने उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो ।

Logo