मुलुक डरलाग्दो सुरुङतिर फस्यो : भुसाल

मुलुक डरलाग्दो सुरुङतिर फस्यो : भुसाल

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुक झन् झन् डरलाग्दो सुरुङ्भित्र पस्दै गएको बताए ।

शनिबार काठमाडौंमा आयोजित बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले भने, ‘मुलुक झन् झन् डरलाग्दो सुरुङ्भित्र पस्दैछ । अनि सत्तामा को छन् भन्दा लिपापोती गर्नेहरु छन् । ठूला पार्टी संसदीय मान्यताको हिसाबले किन एक ठाँउमा आए, के राष्ट्रिय परिस्थिती थियो ? संविधान छोएर पार लगाउछन् जस्तो लाग्दैन् । कांग्रेस र एमालेको विचार, इतिहास केही नमिल्ने भएकाले काम गर्न कठिन हुनेछ ।’

यसको साथै, उनले कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनःगठनको मिसनमा लागेको भन्दै अब योग्यता देखाउनुपर्ने अवस्था आएको बताए ।

उनले भने, ‘सत्ता नालायक छ, सडक अराजक छ । यो बेला एउटा जिम्मेवार पार्टीको हस्तक्षेप मुलुकलाई खाँचो छ । अब कम्युनिष्ट आन्दोलनको एकताका कुरा पनि छ । कम्युनिष्ट पार्टीको एकताको पक्षमा हामी छौ तर त्यस्तो कम्युनिष्ट विराट आन्दोलन नगरिकन रुपान्तरण र पुनःगठनको मिसन पूरा गर्न सक्दैनौ । हामीले पुनःगठन गरिसकेका छौ रुपान्तरण गर्न बाँकी छ । रुपान्तरण गर्ने भनेको आजको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने हो, हिजोभन्दा ठूलो र राम्रो पार्ने हो । हाम्रो योग्यता देखाउनुपर्ने अवस्था आएको छ ।’

Skip This
Skip This
Logo