कर्मचारी संगठनको अध्यक्षमा दाहाल सर्वसम्मत, महासचिवमा अधिकारी

कर्मचारी संगठनको अध्यक्षमा दाहाल सर्वसम्मत, महासचिवमा अधिकारी

केन्द्रबिन्दु
123
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट कर्मचारी संगठनले अध्यक्षमा भवानी दाहाललाई चयन गरेको छ ।

जारी अधिवेशनमा अध्यक्ष पदमा दाहाल र रेवन्त गौतमले दाबी गरेका थिए । लामो समयको छलफल पछी दाहाल अध्यक्षमा चुनिन सफल भएकी हुन् । अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर फुयाँलका अनुसार दाहाल अध्यक्ष र गौतम बरिष्ठ उपाध्यक्ष बनाएर सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरिएको हो ।


नयाँ कार्यसमितिमा महासचिवको जिम्मेवारी रामचन्द्र (आरसी) अधिकारीले पाएका छन् । गौतम पक्षले निर्वाचनबाट र दाहाल पक्षले सहमतिबाट नयाँ कार्यसमिति चयन गर्नुपर्ने माग राख्दै आएका थिए । तर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको निर्देशनमा आज दाहाल नेतृत्वको कार्यसमिति घोषणा गरिएको हो ।

निर्वाचनबाट नेतृत्व चुन्ने कि सहमतिबाट भन्नेमा विवाद हुँदा महाधिवेशन दुई दिनसम्म लम्बिएको थियो ।

Skip This
Skip This
Logo