काठमाडौं
विदेश भ्रमणमा उच्चपदस्थ कर्मचारीहरूकै हालीमुहाली देखिएको छ । राज्यबाट आकर्षक सेवा सुविधा लिँदै आएका राजपत्रांकित अधिकृतदेखि सचिव तहका कर्मचारीको विदेश भ्रमणमा एकछत्र राज देखिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालय र मातहत निकायका कर्मचारीले गरेको विदेश भ्रमण अध्ययन सम्बन्धी तयार पारेको विस्तृत प्रतिवेदनमा एक वर्षको अवधिमा ५ हजार ११ कर्मचारी विदेश गएको र त्यसमा ८५ प्रतिशतभन्दा बढी उच्चपदस्थ कर्मचारीहरू रहेको औंल्याएको छ । उच्चपदस्थहरू प्रायः युरोपियन र अमेरिकी मुलुकमा गएको प्रतिवेदनमा उल्लेख छ ।
प्राप्त प्रतिवेदन अनुसार एक वर्षमा विदेश गएका ५ हजार ११ मध्ये ४ हजार २५८ जना शाखा अधिकृतदेखि सचिवस्तरका छन् । जबकि तल्ला तहका कार्यालय सहयोगी, खरिदार र सुब्बास्तरका ६ सय कर्मचारीलाई मात्र यस्तो अवसर मिलेको छ । यो भनेको कुल संख्याको १२ प्रतिशत मात्रै हो । विदेश जानेमा विभिन्न संवैधानिक निकायका पदाधिकारीहरूको संख्या ३ प्रतिशत मात्रै छ । दुवै तहका कर्मचारीले एक वर्षमा ४५ हजार ६५७ दिन विदेशमा बिताएको प्रतिवेदनमा जनाइएको छ ।
विदेश भ्रमणमा रहँदा उच्चपदस्थ कर्मचारीले दैनिक २ सय डलरसम्म भत्ता पाउँछन् । उनीहरू कम्तिमा पनि ७ देखि १० दिनको समय मिलाएर विदेश भ्रमणमा निस्कने गरेको पाइएको छ ।
राजधानीबाट





























प्रतिक्रिया