एकै दिनमा महिन्द्रा एक्सईभी ९ई र बीई६ को बुकिङ ३० हजार नाघ्यो, टप-स्पेकमा ग्राहकको भीड

एकै दिनमा महिन्द्रा एक्सईभी ९ई र बीई६ को बुकिङ ३० हजार नाघ्यो, टप-स्पेकमा ग्राहकको भीड

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । बुकिङ खुल्ला गर्नसाथ महिन्द्राका दुई नयाँ ईभी एक्सईभी ९ई र बीई६ ले पहिलो दिनमै ३० हजारभन्दा बढी बुकिङ पाएको छ ।

भारतमा शुक्रबार बुकिङ खुला गरिएको यी दुई नयाँ ईभीले पहिलो दिनमै ३० हजार १७९ अर्डर पाएको हो । महिन्द्राका अनुसार, पहिलो दिनमै यी दुई नयाँ ईभीले ८ हजार ४७२ करोड भारु बरावरको बुकिङ मूल्य पाएर ईभीमा नयाँ रेकर्ड बनाएको छ । भारतमा यसअघि कुनै पनि ईभी ब्रान्डले एकैदिनमा यति धेरै रकम बरावरको बुकिङ पाएका थिएनन ।

बुकिङ भएका कुल ईभीमा एक्सर्यभी ९ईले ५४ प्रतिशत हिस्सा ओगटेको र बाँकी ४४ प्रतिशत हिस्सा बीई६ ले लिएको कम्पनी भनाई छ । सबैभन्दा बढि बुकिङ ७९ किलोवाट आवर ब्याट्री भएको टप स्पेक थ्रीले पाएको छ । सो भेरिएन्टले कुल बुकिङको ७३ प्रतिशत हिस्सा ओगट्न सफल भएको जनाइएको छ ।

आगमी मार्चदेखी डेलिभरी दने वाचासहित महिन्द्राले यी दुई ईभीको बुकिङ खुला गरेको हो । पहिलो चरणमा यसको टप स्पकेक भेरिएन्ट प्याक थ्रीको डेलिभरी गरिनेछ । कम्पनीका अनुसार प्याक थ्री सेलेक्ट ट्रिमहरू जुनमा र प्याक टु जुलाईमा डेलिभर गरिनेछ । प्याक वन एबोभ र प्याक वनको डेलिभरी अगष्टदेखी सुरु हुनेछ ।

महिन्द्रा बीई६ पाँच ट्रिममा उपलब्ध छ । जसको मूल्य १८ लाख ९० हजारदेखी २६ लाख ९० हजारसम्म र एक्सईभी ९ईको २१ लाख ९० हजार भारुदेखी सुरु हुन्छ ।

Skip This
Skip This
Logo