काठमाडौं । लाजिम्पाटमा अवस्थित काठमाडौं डनबस्को कलेजको पहिलो संस्करणको ‘हल्ट प्राइज २०२५’ सम्पन्न भएको छ । विभिन्न नवआइडियालाई प्रस्तुत गर्ने उद्देश्यका साथ कलेजका विद्यार्थीहरु आफैंले उक्त कार्यक्रमको आयोजना गरेका हुन् ।
सो कार्यक्रममा विभिन्न कलेजमा इन्जिनियरिङ, नर्सिङ, र व्यवस्थापन संकाय अध्ययन गर्ने विद्यार्थीहरुको सहभागिता रहेको थियो । उनीहरुलाई १०० भन्दा बढी समूहमा विभाजन गरिएको थियो । कार्यक्रममा व्यवस्थापनका विद्यार्थीहरुले लाइब्रेरीको विजनेस आइडियालाई प्रस्तुत गरेका थिए ।
यसैगरी इन्जिनियरिङका विद्यार्थीहरुले मेसिन बनाएका थिए । त्यस्तै नर्सिङका विद्यार्थीले स्वास्थ्यका लागि पोषण तत्वको प्रयोग कसरी गर्ने, कति मात्रामा गर्ने जस्ता आइडियालाई प्रस्तुत गरेका थिए । आगो निभाउने उपकरण (फायर एस्टिङगुइसर)को आइडियालाई समेत प्रस्तुत गरिएको थियो ।
हल्ट प्राइज कार्यक्रमले विद्यार्थीहरुमा विभिन्न कम्पनीहरुसँग सम्बन्ध विकास गर्ने, विभिन्न कलेजको सहभागिता भएकाले एकअर्कालाई चिन्ने र व्यापार गर्नको लागि आइडिया उत्पन्न हुने आयोजक पक्षले जनाएको छ । यो कार्यक्रम डनबस्कोका विद्यार्थीले आयोजना गरेका हुन् भने पूर्वाञ्चल विश्वविद्यालयले उक्त कार्यक्रमलाई मान्यता दिएको छ । कार्यक्रमको लागि भौतिक पूर्वाधारको व्यवस्थापनका लागि कलेजले सहयोग गरेको छ ।
यसपटक कलेजमा मात्र सीमित रहेर आयोजना गरिएको हल्टप्राइज आगामी दिनमा राष्ट्रियस्तरमै आयोजना गर्ने विद्यार्थीहरुको योजना रहेको छ । हल्ट प्राइजका प्रतिष्पर्धीहरुलाई फर्स्ट रनरअप, सेकेन्ड रनरअप र विजेता भनेर घोषणा गरिएको थियो ।
हल्ट प्राइजको विजेता टिम एसिट बनेको थियो । टिम एसिटमा सुदिप सेठ, अभियम भुर्तेल, श्रृया कर्ण र विनायक महर्जन रहेका थिए । उनीहरुले नगद पुरकार पाउनुका साथै करियर बिल्डअपको लागि प्लेटफर्मसमेत पाएका छन् ।

फस्ट रनरअप टिम फोर्मेसन भएको थियो । टिम फोर्मेसनमा अञ्जली गौतम, मार्टिना आचार्य, अमिसा थापा मगर, स्वस्तिका खत्री रहेका थिए । उनीहरुले नगद पुरस्कार प्राप्त गरेका थिए ।

सेकेन्ड रनरअप टिम ब्यान्ड भएको थियो । उक्त टिममा अलिना मानन्धर, विनित श्रेष्ठ रहेका थिए । उनीहरुले पनि नगद पुरस्कार प्राप्त गरेका हुन् । हल्ट प्राइजको निर्णायक मण्डलमा डा. जमुना कार्की, राजेश पाठक र हरिओम गुप्ता रही प्रतिष्पर्धीहरुको प्रस्तुतीलाई मूल्यांकन गरेका थिए ।
दुई दशकभन्दा बढि शैक्षिक क्षेत्रमा अनुभव बोकेको डनबस्को कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । सन् २००० मा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त डनबस्कोमा व्यवस्थापन संकायमा स्नातक र स्नात्तोकत्तर तहमा बीबीए, एमबीए, इएमबीएका कोर्षहरु अध्ययन अध्यापन हुँदै आएको छ ।
कलेजले व्यवस्थापन क्षेत्रमा व्यवहारिक ज्ञान मात्र नभएर कम खर्चमै अन्तर्राष्ट्रिय डिग्री प्राप्त गर्ने अवसर समेत प्रदान गरेको छ ।





























प्रतिक्रिया