देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए। ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र केन्द्रबिन्दुको युट्युब च्यानल मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।
पुस्तक समीक्षा : छाप्रो नं. ५५
रमेश दियाली , साहित्यमा यो विल्कुलै नयाँ नाम हो । नयाँ भनेपछि हामीलाई पर्न सक्छ सिकारु लेखक होलान् । तर छाप्रो नं ५५ पढेपछि हाम्रो यो भ्रम तोडिनेछ । किनकी यो उनको पहिलो प्रयासमै निखारिएको र तिखारिएको गहकिलो उपन्यास बनेको छ । छाप्रो नं. ५५ भुटानी शरणार्थी शिविरमा रहेकाहरुको यथार्थ कथा हो । त्यहाँ रहेका हजारौंले भोगेको दुःख र समस्याको प्रतिनिधी हो । कथा प्रेममा आधारित छ । यसबाटै लेखकले त्यहाँको सामाजिक , आर्थिक , गरिबी तथा अन्य वर्गले शरणार्थीहरुलाई हेर्ने दृष्टिकोण कस्तो छ भन्ने कुराको निकै मार्मिक तरिकाले चित्रण गरेका छन् ।
ललितपुरले जित्यो ईपीएलको उपाधि
एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को उपाधि ललितपुरले जितेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको फाइनलमा भैरहवा ग्लाडियटर्सलाई १४ रनले पराजित गर्दै उपाधि जितेको हो । पहिलो खेलमा बिराटनगर वारियर्ससँग पराजित भएको भैरहवाले बाँकी खेलमा अपराजित रहँदै उपाधि जित्न सफल भएको छ । टस हारेर पहिला ब्याटिङ गरको ललितपुरले १९.१ ओभरमा १५५ रन बनाएको थियो ।
दाङ बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत ( नाम सहित )
शुक्रबार साँझ दाङमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुलेको छ । दुर्घटनामा २३ जनाको मृत्यु भएको थियो भने दर्जन भन्दा वढी घाइते भएका छन् । मृत्यु हुनेहरुमा दाङका बस चालक घोराही उपमहानगरपालिका वडा नम्बर ३ का २६ बर्षिय मदन खत्री क्षेत्री, शिक्षकहरु घोराही उपमहानगरपालिका वडा नम्बर १७ का २८ बर्षिय प्रदिप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का २२ बर्षीय गणेश बिक, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ का १९ बर्षिय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ बर्षिय कबिता खत्री, दंगीशरण गाउँपालिका १ का २० बर्षिय सञ्जीत रत्गैयाँ रहेका छन् ।
योमरी पर्वको देउसी: योमरी दिए तरुनी नदिए चाउरी बुढी, दुईटा दिए छोरा जन्मिन्छ एउटा दिए छोरी !
त्य छिं त्य, बक छिं त्य
थाबले यागु सामा वलः, यमरी छगः ति यः
व्यूसा ल्यासे म्ह, मव्यूसा सितिकुती
न्यग व्यूसा काय् वुई, छग व्यूसा म्याय् वुई
तालापाता कुलिचां जुसें त्यः
यमरी माकु, उकि दुने चाकु
व्यूसा ल्यासेचा, मव्यूसा बुरीचा
अर्थात् चार माना, दुई माना अट्ने भाँडामा देऊ, यो सालको बाली भित्रियो यमरी एउटा देऊ, योमरी दिए तरुनी नदिए चाउरी बुढी, दुईटा दिए छोरा जन्मिन्छ एउटा दिए छोरी जन्मिन्छ, जथाभावी मानापाथी भरिभरि राख, यमरी मीठो त्यसभित्र चाकु, दिए तरुनी नदिए बुढी ।
सेनाद्वारा निर्माण भइरहेको द्रुतमार्गको प्रगति सन्तोषजनक
राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गको नेपाली सेनाले जिम्मा लिई काम गरिरहेकामा हालसम्मका कार्य सन्तोषजनक रुपमा अघि बढेको पाइएको छ । शुक्रबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिका सदस्य सांसदको एक टोलीले द्रुतमार्गको जिरो किमी निजगढदेखि सेनाका विभिन्न क्याम्प अन्तर्गत भइरहेका कामको निरीक्षण गर्दा हालसम्मको प्रगति सन्तोषजनक पाइएको हो ।
क्रिकेट खेलाडी सागर पुन घाइते, ६ महीना खेल नखेल्ने
राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन् । यहाँ जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको आज शल्यक्रिय गरिएको छ ।
ललितपुर प्रहरी प्रभागमा गोली चल्दा प्रहरीको अवस्था गम्भिर
ललितपुरको लाकुरीभञ्ज्याङमा रहेको प्रहरी प्रभागमा शुक्रबार राती गोली चलेको छ । प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश तामाङले बोकेको पेस्तोल पड्केको हो । पेस्तोल पड्केर महानगरीय विपत् व्यवस्थापन शाखामा कार्यरत् प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएका छन्।
छैठौं नेपाली टोपी दिवस पुष १७ गते, #Nepali_Pahichan ह्यासट्याग गर्न आग्रह
‘नेपाली टोपीः हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ् छैठौं नेपाली टोपी दिवस मनाइने भएको छ। जागरुक युवा अभियान नेपालले आगामी पुष १७ गते (१ जनवरी २०१९ ) का दिन बिहान ८ बजे राजधानीको माइतीघर मण्डलामा भेला भएर प्रभातफेरी कार्यक्रम गरि नेपाली टोपी दिवस मनाउन लागेको हो।





























प्रतिक्रिया