दाङ दुर्घटनामा मृतक २३ मध्ये १५ जनाको सनाखत (नामावलीसहित)

दाङ दुर्घटनामा मृतक २३ मध्ये १५ जनाको सनाखत (नामावलीसहित)

केन्द्रबिन्दु
0
Shares

दाङमा शुक्रबार भएको बस दुर्घटनामा परी मृत्यु हुने २३ जना मध्ये १५ जनाको सनाखत भएको छ।

दुर्घटनामा परी दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित गैरागाउँमा सञ्चालनमा रहेको सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा अध्यनरत विद्यार्थी र शिक्षकको मृत्यु भएको हो  ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नं. १ निवासी १९ वर्षीय वीरेन्द्र कन्डारा, घोराही उपमहानगरपालिका वडा नं.१४ निवासी विद्यार्थीहरू १७ वर्षीय विजय जीएम, दाङको दंगिशरण गाउँपालिका वडा नं. १ निवासी ३० वर्षीय सञ्जित रत्गैया, शिक्षकहरू दाङको घोराही उपमहानगरपालिका वडा नं. १७ का २८ वर्षीय प्रदीप घिमिरे र पूर्वी रुकुमको भूमे गाउँपालिका वडा नं. ६ निवासी २८ वर्षीय नरेश वली रहेका छन् ।

त्यस्तै, जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. ३ बुर्थावाङ निवासी १७ वर्षीय हिकमत बोहोरा, जाजरकोट जिल्लाको खलंगा नगरपालिका वडा नं. ४  निवासी १७ वर्षीय आतिस नेपाली, कञ्चनपुर जिल्लाको कृष्णनगर नगरपालिका वडा नं. ५ गुलरिया निवासी १७ वर्षीय खेमराज भट्ट, जम्लाको चन्दननाथ गाउँपालिका वडा नं. ६ निवासी १६ वर्षीया कुसुम रावल, दाङको बबई गाउँपालिका वडा नं. ५ निवासी २१ वर्षीया कविता खत्री, जुम्ला जिल्लाको हिमागाउँपालिका वडा नं. ५ निवासी १७ वर्षीया सैलजा शाही, जुम्ला जिल्लाको चन्दननाथ गाउँपालिका वडा नं. १ निवासी १७ वर्षीय अर्जुन शाही र डोल्पा जिल्लाको गजदुल्ला गाउँपालिका वडा नं. ६ निवासी १६ वर्षीय गजेन्द्र एैडी रहेका छन् ।

त्यस्तै बसका चालक दाङको घोराही उपमहानगरपालिका वडा नं. ३ निवासी ३२ वर्षीय मदन केसी र सहचालक दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ हेमन्तपुर निवासी २१ वर्षीय गणेश विक रहेका छन्।  उनीहरुको शव  आफन्तले बुझेर लगेको प्रहरीले जानकारी दिएको छ।

राप्ती अञ्चल अस्पतालको शव गृहमा राखिएका ८ जनाको शव अझैं सनाखत् हुन बाँकी छ ।

Logo