दाङमा विद्यार्थी चढेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

दाङमा विद्यार्थी चढेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दाङ । तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । ३१ जना सवार बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर–कपुरकोट सडकखण्डको राम्रीका बाटोमा ५ सय मिटर तल खोल्सामा खसेको छ। ९ जनाको मृत्यु भइसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीले जानकारी दिए ।

चार जनाको उद्धार गरी उपचारका लगाई पठाइएको छ। अहिले दाङ र सल्यानको प्रहरी, स्थानीय उद्धारमा खटिएका छन्। घटनाको थप विवरण आउन बाँकी छ।

सहीद कृष्णसेन इच्छुक प्राविधिक शिक्षालयको बस सल्यानको बस दुर्घटनामा परेको हो । कपुरकोटस्थित मुलपानी वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर फर्कदै गर्दा शिक्षक तथा विद्यार्थी चढेकोे बस दुर्घटनामा परेको हो ।

File Photo

Logo