प्रधानमन्त्री ओलीमाथि भीम रावलको १५ बुँदे हमला

प्रधानमन्त्री ओलीमाथि भीम रावलको १५ बुँदे हमला

केन्द्रबिन्दु
177
Shares

काठमाडौं । नेकपा (एमाले) बाट कारवाही भोगेर नयाँ पार्टी गठनमा लागेका मातृभूमि जागरण अभियानका संयोजक डा. भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको कामकारबाहीबारे प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले ‘प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीका यस्ता काम कुराले के देखाउँछन् ?’ भन्दै १५ बुँदे सवाल उठाएका छन् ।

जसमा उनले राष्ट्रिय हितमा आवाज उठाउनेलाई कारबाहीको डण्डा चलाउने, कपटपूर्ण तरिकाले अध्यादेश ल्याएको, समर्थकलाई आफ्नो बचाउका लागि सामाजिक सञ्जालमा अशिष्ट ढंगले लेख्न लगाउने, संसदमा प्रश्नोत्तरका क्रममा जवाफ नदिने जस्ता काम ओलीबाट भइरहेको आरोप लगाएका छन् ।

Logo