एभरेष्ट प्रिमियर लिग (ईपीएल ) को उपाधिका लागि ललितपुर पेट्रियट्स र भैरहवा ग्लाडिटयर्स भिड्ने भएका छन् ।
कीर्तिपुर क्रिकेट मैदानमा भएकोदोस्रो क्वालिफायर्समा भैरहवाले काठमाडौं किंग्सलाई ६ विकेटले हराउँदै लगातार दोस्रो पटक फाइनलमा स्थान बनाएकाे हाे । भैरहवाले १७ ओभमा चार विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा एक सय रन मात्र बनाउँदै अलआउट भयो । काठमाडौंका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । उसले २९ रन बनाउँदा तीन विकेट खेर फाल्यो । २४ रनमा पहिलो विकेट गुमाएको उसको सातौ ओभरमा लगातार दुई विकेट खेर फालेकाे थियाे ।
काठमाडौंका रोहन मुस्तफा ६ रनमा आउट भए भने नरेश बुढाऐर दुई र केभिन ओब्राइनले खाता खोल्न सकेनन् । त्यसपछि अमित श्रेष्ठ पनि मात्र १३ रनमा आउट हुँदा उसले ३७ रनमा चौथो विकेट खेर फाल्यो । पाँचौ विकेटका लागि प्रविन साहु र सन्दिप रजालीले ३३ रनको साझेदारी गरेका थिए । तर साहु २५ रनमा आउट भएपछि काठमाडौंले पाँचौं विकेट गुमायो । त्यसपछि सोमपाल कामी मात्र सात रनमा पेभेलियन फर्किए ।
अब इपीएलकाे उपाधिका लागि शनिबार ललितपु र भैरहवा भिड्ने छन्।





























प्रतिक्रिया