काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बालबालिकाभित्र हुने विलक्षण र विशेष क्षमतालाई पहिचान गराउन र सक्रिय गराउन सिकाइका विधाहरू महत्वपूर्ण हुने बताएका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर आज वडा नम्बर २७ ले रानीपोखरी परिसरमा आयोजना गरेको ‘पीएल सिंह स्मृति चित्रकला प्रतियोगिता’ को उद्घाटन गर्दै मेयर बालेनले भने, ‘हरेक बालबालिकाभित्र कुनै न कुनै विलक्षण र विशेष क्षमता हुन्छ, तर विण्डो चाहीँ बन्द भएर बसिराखेको हुन्छ । विद्यार्थीको धेरै समय स्कुलमा बितिरहेको हुन्छ । पढाईबाहेक अन्य क्रियाकलाप पनि हामीले बढाउँदै जानुपर्छ । कक्षा कोठाभन्दा बाहिर आयोजना गरिने कार्यक्रमले बालबालिकाको शारीरिक, मानसिक, चारित्रिक तथा सामाजिक विकासमा प्रभावकारी भूमिका खेल्छन् ।’
पिएल सिंह एकदमै भिजिनरी नेता रहेको स्मरण गराउँदै उनले चित्रकलाले विद्यार्थीको लिडरसिप क्षमताको विकास गर्नेमा समेत सहयोग पुर्याउने बताए ।





























प्रतिक्रिया