भारतको जम्मू कश्मिरमा राष्ट्रपति शासन लागू

भारतको जम्मू कश्मिरमा राष्ट्रपति शासन लागू

केन्द्रबिन्दु
0
Shares

एजेन्सी । भारतको जम्मू कश्मिरमा राष्ट्रपति शासन लागू भएको छ । राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति शासन लागू गर्न स्वीकृति दिएका हुन्।

गत जुनमा मेहेबुबा मुफ्तीले नेतृत्व गरेको गठबन्धन सरकार भंग गरिएको थियो । त्यसपछि त्यहाँ राजनीतिक अस्थिरता उत्पन्न भएको थियो।

६ महिना गभर्नर शासन अन्तर्गत चलेको जम्मू कश्मिरमा गभर्नर सत्यपाल नायकले कुनै दलले सरकार गठन गर्ने अवस्था नदेखेपछि गत महिना विधानसभा भंग गरेका थिए। अब त्यहाँ पुनः विधानसभा निर्वाचनको प्रक्रिया अघि बढाइनेछ।

Logo