ईपिएल: भैरहवा क्वालिफायरमा प्रवेश

ईपिएल: भैरहवा क्वालिफायरमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिग(इपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा भैरहवाले चितवन टाइगर्सलाई चार विकेटले पराजित गरेको छ।  जितसंगै भैरहवा दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १ सय ४० रनको लक्ष्य भैरहवाले ६ विकट गुमाएर भेटायो ।

उसका प्रदीप ऐरीले ४२, कप्तान शरद भेषावकरले २९, कुशल मल्लले २७ र रोहित पौडेलले २४ रनको पारी खेल्दै टोलीलाई उपाधि नजिक पुर्याएका हुन्।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो।

दोस्रो क्वालिफायरमा बिहीबार भैरहवाले काठमाडौं किंग्स एल्यावेनको सामना गर्नेछ। उक्त क्वालिफायरको विजेता टोलीले फाइनलमा ललितपुर प्याट्रियट्ससँग खेल्ने छ ।

Logo