कालिकोट । कालिकोटमा २ सय ४४ गैरसरकारी संस्थाहरु खारेजीको सूचीमा परेका छन् । दर्ता भएर पनि वर्षौसम्म नविकरण नगरेका गैरसरकारी संस्थाहरु खारेजीको लागि जिल्ला प्रशासन कार्यालय कालिकोटले सूचीकृत गरेको हो ।
सामाजिक सेवा र विकास गर्ने उद्देश्यका साथ दर्ता भएका ५ सय ४३ ओटा संस्थामध्ये नवीकरणका लागि बारम्बार ताकेता गर्दा पनि तोकिएको समयमा नविकरण नगरेका २ सय ४४ संस्था खारेजीको सूचीमा परेको प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।
प्रशासनले तीन वर्षअघि नै संस्थाहरुलाई नविकरण गर्न ३५ दिने सूचना जारी गरेको थियो । त्यस अवधिमा पनि नविकरण नगर्ने गैससहरु खारेज हुने भएका हुन् । यसरी नविकरण नगरेर खारेजीमा पर्ने अधिकांश संस्थाहरु वर्षौदेखि जिल्लामा कार्यरत प्रतिष्ठित व्यक्तिबाटै सञ्चालित छन् ।
जिल्लामा दर्ता भएका ५ सय ४३ गैरसरकारी संस्था मध्ये हालसम्म १ सय ६९ वटाले मात्र नविकरण गर्दै आएको जिल्ला प्रशासनले जनाएको छ ।
बारम्बार नविकरणमा ताकेता गर्दा पनि अधिकांश गैरसरकारी संस्थाका संचालक सम्पर्कमा आएका छैनन् । लगातार तीन वर्ष भन्दा बढी समय नविकरण गर्न नआएका २ सय ४४ संस्थालाई खारेज गरिन उनको भनाई छ ।





























प्रतिक्रिया