तपाईंले एकै ठाऊँ विजुलीका कतिवटासम्म पसल देख्नु भएको छ ? अझ बुझ्ने भाषामा भन्नुपर्दा एउटै घर जहाँ अत्याधिक विजुली पसल रहेका छन् । हो, हामी त्यस्तो विजुलीघरको कुरा गर्दैछौं जहाँ एउटै घरमा १ सय २१ विजुली पसलहरु रहेका छन् ।
एउटै छानामूनि यतिधेरै पसलहरु रहेको घर अरु कहीँ नभएर काठमाडौंमा नै छ । धेरैलाई लाग्न सक्छ, विजुली बजार भनेको बबरमहल आसपासको ठाउँको नाम हो । तर होइन, विजुली बजार काठमाडौंको मुटु सुन्धारामा रहेको छ ।
बिजुली बजार प्रालिको साइनबोर्ड राखेर २१ बर्षदेखि विजुली ब्यापार गरिरहेको यो भवन वास्तवमा नै तारिफ योग्य रहेको छ ।यो बजारलाई तपाईंले विजुलीघर भनेर पनि बुझ्न सक्नु हुनेछ ।
विजुली बजार जानकोलागी तपाई सुन्धाराबाट धरहराको बाँयातर्फबाट ओरालो लाग्नुपर्ने हुन्छ । यदि तपाई कालीमाटीतर्फबाट आउँदै हुनुहुन्छ भने टेकु नजिकै रहेको भोटेबहाल गल्लीबाट पनि पुग्न सक्नुहुनेछ । पिपलबोट चोकमा पुगेपछि तपाईको आँखा सिधै बिजुली बजार प्रालिको बोर्डमा ठोकिनेछ ।
यो बजार अहिले सर्वाधिक लोकप्रिय व्यवसायीक भवनका रुपमा समेत परिचित छ । आजको हाम्रो रिपोर्ट यही भवन अर्थात विजुली घरका सम्बन्धमा केन्द्रीत छ । हेर्नुहोस् यस बजारका सञ्चालकदेखि पसलेसम्मका अनुभव –





























प्रतिक्रिया