काभ्रे।
काभ्रे जिल्लामा आज ३५ जना संक्रमित थपिएका छन् । आज २८ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा २ हजार ९१२ जना संक्रमित छन् ।
नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका ६, बनेपाका १०, पाँचखालबाट ४, पनौतीबाट ५, बेथानचोकबाट ४, मण्डनदेउपुरबाट ५ र रोशीबाट १ जना रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या २९ सय १२ पुगेको छ । निको हुनेको संख्या २६ सय २ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय ७३ जना रहेको छ ।
जिल्लामा कोरोना संक्रमणबाट ३८ पुरुष र १३ महिला गरी ५१ जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् । आज मण्डनदेउपुरका एक ७० वर्षिय पुरुषको मृत्यु भएको छ ।






























प्रतिक्रिया