राजधानीमा मध्यराती ट्याक्सी चालकको आँखा फुटाएर लुटपाट

राजधानीमा मध्यराती ट्याक्सी चालकको आँखा फुटाएर लुटपाट

केन्द्रबिन्दु
0
Shares

मंगलबार मध्यराती एक जना ट्याक्सी चालकमाथि छुरा प्रहार भएको छ।   यात्रु बनेर चढेका दुई लुटेराले छुरा प्रहारबाट चालक ४२ वर्षीय डम्बर खड्काको देब्रे आँखा फुटेको छ।

लुटेराहरुले बा १ ज ६१५७ नम्बरको ट्याक्सीका चालक खड्कासंग रहेको  ६ हजार रुपैयाँ र एक थान मोबाइल सेट समेत लुटेका छन्।  ललितपुरस्थित पुल्चोकको दमकलबाट काठमाडौंको शंखमुल जान भनेर चढेका उनीहरुले  पाँच सय मिटर पश्चिम पुगेपछि खड्कामाथि छुरा प्रहार गरेका थिए।

खड्काले अन्दाजी २५ वर्षीय कालो वर्णका युवक र ३५ वर्षीय गोरो वर्णका हल्का दारी पालेका व्यक्तिले छुरा प्रहार गरी लुटपाट गरेको बताएका छन् । चालक खड्काको टाउकामा पनि गम्भीर चोट लागेको छ । खड्काको वीर अस्पतालकाे ट्रमा सेन्टर उपचार भैरहेको छ ।

Skip This
Skip This
Logo