मस्क र मोदीको भेटपछी भारतमा टेस्लाको काम पुनः शुरु

मस्क र मोदीको भेटपछी भारतमा टेस्लाको काम पुनः शुरु

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी ईभी निर्माता टेस्लाका सीईओ एलोन मस्कले वाशिंगटन डीसीमा भेटघाट गरेपछी टेस्लाले भारतमा पुनः काम सुरु गरेको छ ।

टेस्लाले व्यापार सञ्चालन, ग्राहक सेवा, डेलिभरी तथा अर्डर अपरेसन, शोरूम कर्मचारी र प्राविधिकहरू सहित १३ जागिरहरू पोस्ट गरेको छ । रोजगारहरू मुम्बई र दिल्लीका लागि सूचीबद्ध गरिएका हुन् ।

टेस्लाले टाटा मोटर्स जस्ता अटो उत्पादकहरुमा कार्यरत शीर्ष अधिकारीहरूसँग सम्पर्क गरिरहेको जनाइएको छ । कम्पनीले सम्भावित साझेदारी वा स्थानीय रूपमा कम्पोनेन्ट सोर्सिङका लागि वार्तामा संलग्न हुन सक्ने बताएको छ ।

मिडिया रिपोर्टका अनुसार टेस्लाले भारतमा विद्युतीय सवारी उत्पादन प्लान्ट स्थापना गर्न जग्गाको पार्सल खोजी सुरु गरेको छ । कम्पनीले आफ्नो पहिलो उत्पादन यूनिटको लागि महाराष्ट्रलाई हेरिरहेको भनिएको छ, किनकि यसको पहिले नै पुणेमा कार्यालय छ ।

राज्य सरकारले चाकन र चिखली नजिकै साइटहरू पनि प्रस्ताव गरेको छ । जुन मर्सिडीज–बेन्ज, टाटा मोटर्स, महिन्द्रा, फक्सवागन र बजाज अटो जस्ता ब्रान्डहरूको प्रमुख उत्पादन केन्द्र हो ।

टेस्लाले केही वर्षदेखि भारतीय ईभी बजारलाई हेरिरहेको छ । ईभीमा आयात कर घटाउन सरकारलाई लबिङ गर्न कम्पनीको उत्कृष्ट प्रयासको बाबजुद भारतले स्थानीय उत्पादनमा जोड दिँदै आएको थियो

Logo