उपभोक्ता भन्दा नाफा प्यारो : आयल निगमबाट इन्धनको मुल्यमा सामान्य समायोजन

उपभोक्ता भन्दा नाफा प्यारो : आयल निगमबाट इन्धनको मुल्यमा सामान्य समायोजन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य घटाए पनि नाफालाई उच्च प्राथमिकता दिएको छ । उपभोक्तासँग नै व्यापार गरेर नाफा कमाउँदै आएको निगमले मूल्य समायोजनको बहाना बनाए पनि उपभोक्तालाई उच्च भार पर्ने गरी लिटरमै १३ रुपैयाँसम्म नाफा राखेको छ ।

निगमले १५ दिनमै सबा ८८ करोड रुपैयाँ नाफा राखेर मंगलबार मूल्य समायोजन गरेको हो । पेट्रोल, डिजेल र मट्टीतेलमा दुई–दुई रूपैयाँ मूल्य घटाए पनि पेट्रोलमा लिटरमै १३ रुपैयाँ ७१ पैसा, डिजेल र मट्टीतेलमा ९ रुपैयाँ ८५ पैसा नाफा राखेको छ । समायोजन गरेपछि पेट्रोल लिटरको १ सय १० रुपैयाँ तथा डिजेल र मट्टीतेल ९७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए ।

अहिले निगमले निर्धारण गरेको मूल्यअनुसार १५ दिनमा ८८ करोड २२ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण छ । यसलाई आधार मान्दा एक महिनामा निगमलाई एक अर्ब ७६ करोड ४४ लाख रुपैयाँ नाफा हुनेछ ।

विगतमा तीन अर्ब ३६ करोड रुपैयाँ घाटा भएकाले पनि धेरै मूल्य समायोजन सीमा राखेको निगमको दाबी छ । उपभोक्तालाई भार पर्ने गरी मूल्य समायोजन गरेको भन्दै उपभोक्ता अधिकारकर्मीले आलोचना गरेका छन् ।
नागरिकबाट

Logo