काठमाडौं । निसानको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले बहुप्रतिक्षित एसयूभी ‘म्याग्नाइट फेसलिफ्ट’ सार्वजनिक गरेको छ । शुक्रबार एक कार्यक्रमकाबीच कम्पनीले उक्त गाडी सार्वजनिक गरेको हो ।
सब–फोर मिटर एसयूभीका रूपमा पहिचान कायम गरेको यस एसयूभीको अपडेटेड भर्सनमा डिजाइनदेखि सेफ्टि र प्रविधिमा निकै सुधार गरिएको छ । नवप्रवर्तन प्रविधि र आकर्षक डिजाइन भएको नयाँ म्याग्नाइटको उपस्थितिले नेपालमा निसानको उपस्थिति अझै बलियो बन्ने पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले बताए ।
जापानिज ब्रान्ड निसानको म्याग्नाइट फेसलिफ्ट गाडीको मूल्य कम्पनीले ३४ लाख ७५ हजार रुपैयाँ तोकेको छ । ‘निसान म्याग्नाइटले नेपाल र अन्तर्राष्ट्रिय दुवै बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ, नयाँ निसान म्याग्नाइट फेसलिफ्टको लन्चले हाम्रो उत्कृष्टताप्रतिको गहिरो प्रतिबद्धता झल्काउँछ,’ उनले भने ।
नयाँ म्याग्नाइटमा लाइटसेवर शैलीका टर्न इन्डिकेटरसहित स्लिक एलईडी हेडल्याम्प उपलब्ध रहेको छ । यस सेग्मेन्टमै उत्कृष्ट थ्रीडी हनिकम्व प्याट्रन भएको एलईडी टेल ल्याम्प र एल–आकारको सिग्नेचर डीआरएल लाइटले यसलाई थप आकर्षक बनाउनुको साथै आधुनिक लुक्ससमेत दिएको छ ।

६ वटा मोनोटोन तथा ५ वटा डुअल–टोन कलर अप्सनमा उपलब्ध यस नयाँ एसयूभीले चालकलाई विशिष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । गाडीमा फ्लोटिङ अफलिफ्टेड स्किड प्लेट, ठूलो ग्रिल, नयाँ डुअल टोन १६ इन्च डायमण्ड–कट एलोई ह्विल, फंक्सनल रुफ रेल र श्रेणीमा उत्कृष्ट ग्राउन्ड क्लियरेन्स रहेका छन् ।
थुप्रै फर्स्ट–इन–क्लास सेग्मेन्ट फिचरले सुसज्जित यस नयाँ एसयूभीमा अनौठो ३६० डिग्री लेदर प्याक समावेश छ । साथै, यसको ढोका, पार्किङ ब्रेक लिभर, स्टेरिङ र अगाडिको आर्मरेस्टमा लेदरले सजावट दिइएको छ । क्याबिनमा सबैभन्दा ठूलो स्टोरेज, सुधारिएको सीट, ३३६ लिटरबाट ६९० लिटरसम्म बढाउन मिल्ने बुट स्पेस छ ।
उत्कृट फिचर र आकर्षक डिजाइन भएकाले यस गाडी धेरैको रोजाइ पर्ने अपेक्षा लिएको कम्पनीका महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले बताए । नयाँ निसान म्याग्नाइटमा २० भन्दा बढी पहिलो र सेग्मेन्टका उत्कृष्ट सुविधाहरू समावेश गरिएको छ ।
‘नेपाल लागि यो गाडी निकै उपयुक्त छ, फिचर वाइज पनि उत्कृष्ट यसको गाडी प्रयोगले तपाईंको आरामदायी यात्रालाई सहज बनाउँ छ,’ उनले भने । नयाँ म्याग्नाइटमा १७.७८ सेन्टिमिटर लामो डिजिटल क्लस्टर, २०.३२ सेन्टिमिटर लामो फ्लोटिङ टचस्क्रीन, वायरलेस एन्ड्रोइड अटो एन्ड एप्पल कारप्ले, अर्कामिज थ्रीडी साउन्ड सिस्टम र क्रूज कन्ट्रोलजस्ता फिचर राखिएका छन् ।

नयाँ म्याग्नाइटमा स्ट्यान्डर्ड र एक्टिभ गरी कूल ५५ भन्दा बढी सेफ्टि फिचर दिइएको छ । सेफ्टि फिचरका हिसाबले समेत यो सेग्मेन्टमै उत्कृष्ट रहेको छ । कारमा ६ वटा एयर ब्याग, भेइकल डाइनमिक कन्ट्रोल (भिडीसी) ट्रयाक्सन कन्ट्रोल सिस्टम (टीसीएस), हिल स्टार्ट असिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट, एबिएस, ईबीडी र टायर प्रेशर मोनिटरिङ सिस्टम लगायत थुप्रै फिचर पाउन सकिन्छ ।
साथै यसमा, थ्री–प्वाइन्ट सीट बेल्ट, सीट बेल्ट रिमाइन्डर, चाइल्ड लक, आइसोफिक्स एङ्करेज र रियर पार्किङ सेन्सर सबै भेरियन्टहरूमा अनिवार्य गरिएको छ । ६७ प्रतिशत हाई–टेन्सायल स्ट्रेन्थ स्टिल प्रयोग गरी निर्माण गरिएको यस एसयूभीमा निसानले ३ वर्ष अर्थात् ३० हजार किलोमिटर वारेन्टी सुविधा दिएको छ ।































प्रतिक्रिया