मोरङलाई हराउँदै पाँचथर क्वाटरफाइनलमा

मोरङलाई हराउँदै पाँचथर क्वाटरफाइनलमा

केन्द्रबिन्दु
0
Shares

तेह्रथुम

पाँचथरको फिदिम स्पोर्टिङ क्लब तेह्रथुममा जारी प्रथम श्री भगिमन सिंह तुम्बाहाङफे कप नकआउट आमन्त्रण फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तेह्रथुमस्थित खेलमैदानमा प्रतिस्पर्धात्मक खेलमा बिराट मेघा स्पोर्ट एकाडमी मोरङ लाई २–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

पाँचथरको फिदिम स्पोर्टिङ क्लबको जितको लागि मिलन राई र प्रबिन जबेगुले एक एक गोल गरे । खेलको म्यान अफ दी म्याच फिदिम स्पोर्टिङ क्लबका मिलन राई घोषित भए ।

श्री भगिमन सिंह तुम्बाहाङफे मेमोरियल ट्रष्टको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख १५ हजार प्राप्त गर्नेछ । कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यहि पुस ७ गते हुनेछ ।

Logo