वीरगंज । पर्सामा भारतीय तेल तस्कर र प्रहरीबीच झडप भएको छ । जगरनाथपुर गाउँपालिका वडा नम्बर १ स्थित पाण्डेपुरमा भएको झडपमा परी ४ प्रहरी घाइते भएका छन् । तेल तस्कर समूहले प्रहरीको थ्रि नट थ्री राइफल समेत खोसेर फरार भएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी पाण्डेपुरबाट प्रहरी सहायक निरिक्षक विष्णुदेव यादव, प्रहरी हवल्दार प्रेम थापा, प्रहरी जवान अर्जुन चौधरी र प्रहरी सहायक जिरिक्षक जयशुन महतो गम्भीर घाइते भएका छन्। उनीहरुको वीरगंजको नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ।
बिहान करिब ३ बजे मोटरसाइकलमा तेल लिएर जाँदै गरेका तेल तस्करहरूलाई रोक्न खोज्दा पाण्डेपुरका स्थानीय तस्कर तथा युवाहरूले हस्तक्षेप गरेपछि झडप भएको थियो। फरार रहेका तस्करहरूको खोजी कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ।





























प्रतिक्रिया