संखुवासभाको विजयी सुरुवात

संखुवासभाको विजयी सुरुवात

केन्द्रबिन्दु
0
Shares

तेह्रथुम,पुस ३ । तेह्रथुमको म्याङ्लुङमा हिजोदेखि शुरु भएको भगिमान सिंह तुम्बाहाम्फे फुटबल कप को उद्घाटन खेलमा संखुवासभाले विजयी सुरुवात गरेको छ ।

आयोजक बिटिएफसीका लागि खेलको ६ मिनेटमा संतोस लिम्बुले पहिलो गोल गरे । त्यस्तै खेलको १६ औँ मिनेटमा बिमल गुरुङ्गले दोस्रो गोल गरे भने संखुवासभाका लागि जोयल जिमिले खेलको ४१ औँ मिनेटमा पहिलो गोल गरे । खेलको ४८ औँ मिनेटमा पुन अर्को गोल गर्न सफल भए भने खेलको ७३ औँ मिनेटमा दिपक चौहानले निर्णायक गोल गर्दै संखुवासभालाई जित दिलाए ।

२ पुष देखि सुरु भएको प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता ले २ लाख १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।

Logo