मच्छिन्द्र बन्यो इटहरी गोल्ड कपको पहिलो च्याम्पियन

मच्छिन्द्र बन्यो इटहरी गोल्ड कपको पहिलो च्याम्पियन

केन्द्रबिन्दु
240
Shares

इटहरी । इटहरीमा भएको १५औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लब काठमाडौंले उचालेको छ ।

शनिबार भएको फाइनल खेलमा सगरमाथा युथ क्लब मोरङलाई २–० गोल अन्तरले पराजित गर्दै पहिलो पटक उपाधि उचालेको हो । जीतसँगै मच्छिन्द्रले नगद १० लाख सहित ट्रफी र उपविजेता बनेको सगरमाथाले नगद ५ लाखमा चित्त बुझायो । सगरमाथाले यसअघि लगातार दुई पटक प्रतियोगिताको उपाधि उचालेको थियो ।

सगरमाथाका अशोक खवास भने फाइनल खेलको म्यान अफ दि म्याच घोषित भएका छन् । गत फागुन ३ गतेबाट सुरु भएको प्रतियोगितामा विधागत उत्कृष्टतामा पनि खेलाडीहरू पुरस्कृत भएका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सगरमाथा युथका कुलदीप कार्की भए । उनले एक लाख, उत्कृष्ट गोलरक्षक बनेका मच्छिन्द्रका विशाल श्रेष्ठ, उत्कृष्ट डिफेन्डर मच्छिन्द्रकै सनिस श्रेष्ठ, उत्कृष्ट मिड फिल्डर मच्छिन्द्रकै विशाल तामाङ उत्कृष्ट फरवार्ड मलिक युसुफ, उत्कृष्ट प्रशिक्षक मच्छिन्द्रकै सन्तोष न्यौपानेले जनही २०– २० हजार प्राप्त गरेका छन् ।

यसैगरी प्रतियोगिताभर चार गोल गरी सर्वाधिक गोलकर्ता बनेका मच्छिन्द्रका मलिक युसुफले नगद २५ हजार प्राप्त गर्दा राइजिङ प्लेयर सनिप घिमिरेले एक थान एलइडी टिभी प्राप्त गरेका छन् । प्रतियोगितामा आयोजक राष्ट्रिय जागृति क्लब सहित कुल ८ टिमको सहभागिता रहेको थियो ।

Skip This
Skip This
Logo