जनकपुरधाममा केआईआईटीका विद्यार्थीहरुले लगाए ‘वी वान्ट जस्टिस’को नारा

जनकपुरधाममा केआईआईटीका विद्यार्थीहरुले लगाए ‘वी वान्ट जस्टिस’को नारा

केन्द्रबिन्दु
27
Shares

जनकपुर । जनकपुरधाम केआईआईटीका विद्यार्थीहरुले जुलुस निकालेका छन् । भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत धनुषाका तीन दर्जनबढी विद्यार्थीहरुले शनिबार जनकपुरधाममा विरोध जुलुस निकालेका छन् ।

प्रकृति लम्सालको हत्या र नेपाली विद्यार्थीहरुमाथि भएको दुव्र्यवाहरप्रति नेपाल सरकारले खेल्नुपर्ने भूमिका सन्तोषजनक नरहेको भन्दै विद्यार्थीहरुले विरोध स्वरुप जुलुस निकालेका छन् । उनीहरुले वी वान्ट जस्टिस, नेपाली विद्यार्थी कुट्न पाइँदैन, नेपाल सरकार ध्यान दे, केआईआईटी युनिभर्सीटि मुर्दाबाद लगायतका नारा लगाउँदै जनकपुरधामस्थित जानकी मन्दिर प्राङ्गणबाट जुलुस निकालेर नगर परिक्रमा गरेका छन् ।

विद्यार्थीहरुले दुबै देशबीच समन्वय भइसकेको भन्ने समाचारमा आएतापनि आफूहरुले अहिलेसम्म कुनै लिखित रुपमा पत्र वा मेल प्राप्त नगरेकाले, सुरक्षाको अनुभुती हुन नसकेको बताए । उनीहरुले सुरक्षा र पढाइको ग्यारेन्टि नहुनजेल र लिखित रुपमा कुनै प्रमाण नपाउन्जेल भारत नफर्किने जानकारी दिए ।

प्रकृति लम्सालले आत्महत्या गर्नुमा कलेज नै प्रथम दोषी भएको विद्यार्थीहरुको आरोप छ ।

Logo