युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने

युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने

केन्द्रबिन्दु
24
Shares

नयाँदिल्ली । युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेनले आगामी फेब्रुअरी २७ र २८ मा ‘कलेज अफ कमिसनर्स’का साथ नयाँ दिल्लीको भ्रमण गर्ने भएकी छन‍् ।

भारतस्थित युरोपेली सङ्घको कार्यालयले सामाजिक सञ्जाल एक्समा सार्वजनिक पोस्टमा भनिएको छ, “भोन डेर लेयेनले ‘कलेज अफ कमिसनर्स’सहितको एक प्रतिनिधिमण्डलका साथ फेब्रुअरी २७ र २८ मा नयाँ दिल्लीको भ्रमण हुने भएको छ ।”

“यो अभूतपूर्व भ्रमणले ईयू–भारत सम्बन्धको बढ्दो सम्बन्धलाई उजागर गरेको छ,” पोस्टमा भनिएको छ।

आयोगका अध्यक्ष भोन डेर लेयेनले यस वर्ष ईयू–भारत शिखर सम्मेलनमा प्रस्तुत गरिने नयाँ रणनीतिक एजेन्डाको घोषणापछि यो अभूतपूर्व भ्रमण हुन लागेको हो ।

भारतका लागि इयुको प्रतिनिधिमण्डलको यो भ्रमणले युरोप र भारत दुवैको समृद्धि र सुरक्षाका लागि महत्वपूर्ण सम्बन्धलाई मजबुत बनाउने कुरामा जोड दिने विश्वास गरिएको छ ।

भोन डेर लेयेनले भारतभ्रमणबारे पुष्टि गर्दै भनिन‍्, “तीव्र भू–रणनीतिक प्रतिस्पर्धाको यस युगमा, युरोप खुलापन, साझेदारी र पहुँचको लागि उभिएको छ र हामी हाम्रो सबैभन्दा विश्वासिलो मित्र र सहयोगी मध्येको एक भारतसँग सम्बन्ध प्रगाढ बनाउन चाहन्छौं ।”

युरोप र भारत लोकतन्त्रले जनताको सर्वोत्तम सेवा गर्छ भन्ने साझा विश्वासमा बाँधिएका समान विचारधाराका साझेदार हुन् । -एएनआई

Skip This
Skip This
Logo