श्री साई इन्टरप्राइजेजद्वारा मल्टी ब्रान्ड स्यानिटरी शोरुमको रुपमा थप व्यवसाय विस्तार

श्री साई इन्टरप्राइजेजद्वारा मल्टी ब्रान्ड स्यानिटरी शोरुमको रुपमा थप व्यवसाय विस्तार

केन्द्रबिन्दु
1.13k
Shares

काठमाडौं । सतुंगलमा अवस्थित श्री साई इन्टरप्राइजेजले अब मल्टी ब्रान्ड स्यानिटरी शोरुमको रुपमा थप व्यवसाय विस्तार गरेको छ । पहिले देखि नै ज्यागुअर, हिन्दवेयर र अन्य ब्रान्डको कारोबार गरिरहेको इन्टरप्राइजेजले अब कजारिया र अन्य ब्रान्डको समेत कारोबार गर्ने भएको छ ।

आज आयोजित एक कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी र विभिन्न वडाका वडाध्यक्ष लगायतले उक्त मल्टी ब्रान्ड शोरुमको उद्घाटन गरेका हुन् । सो अवसरमा मेयर गिरीले चन्द्रागिरि नगर क्षेत्रलाई उत्कृष्ट बनाउने नगरपालिकाको चाहना भएको र कुनै पनि घरको फिनिसिङका लागि गुणस्तरीय स्यानिटरी र अन्य सामग्री उपलब्ध गराउने कार्यमा यस प्रकारका शोरुमको महत्वपूर्ण भूमिका हुने बताए ।

????????????????????????????????????

श्री साई इन्टरप्राइजेजका म्यानेजिङ डाइरेक्टर जगदिश पन्थीले चन्द्रागिरि नगरपालिका भित्रकै सबैभन्दा ठूलो मल्टी ब्रान्ड शोरुम शुभारम्भ गर्न पाएकोमा खुसी व्यक्त गर्दै कुनै पनि घर परिवारका लागि आवश्यक सामग्रीको वान स्टप सोलुसनका रुपमा उक्त शोरुम विकास गरिएको बताए । उनले ग्राहक वर्गबाट पाएको लामो समय देखिको माया सदैव कायम रहने अपेक्षा गर्दै ग्राहक सन्तुष्टिमा सदैव लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

श्री साई इन्टरप्राइजेजलाई स्यानिटरी, टाइल तथा ग्रेनाइट एवम् पेन्ट लगायतका सामग्रीका लागि मल्टी ब्रान्ड शोरुमको रुपमा विकास गरिएको छ । शोरुममा विश्व प्रसिद्ध स्यानिटरी र टायल लगायतका सामग्री उपलब्ध गराउने कम्पनी ज्यागुअर, हिन्दवेयर र कजारिया लगायत कम्पनीका उत्पादन र एसियन पेन्ट्सका उत्पादन समेत उपलब्ध हुनेछन् । त्यसैगरी यही नै उत्पादन गरिएको जियो ब्रान्डका सामग्री समेत पाउन सकिने छ ।

उद्घाटनको अवसरमा अफर समेत सार्वजनिक गरिएको छ । श्री साई इन्टरप्राइजेजबाट कुनै पनि सामग्री किन्ने ग्राहकलाई भारी छुटमा ती सामग्री उपलब्ध हुने बताइएको छ ।

२०६९ साल देखि स्यानिटरी, टायल लगायतका सामग्रीको कारोबार गर्दै आइरहेको श्री सार्ई इन्टरप्राइजेज हाल यो अवस्थामा आइपुगेको हो । युरोप र अमेरिकामा करिव १० वर्ष विताएर नेपालमै केही काम गर्ने चाहनाका साथ जगदिश पन्थीले यो व्यवसाय थालेका थिए । हाल धेरै युवाहरुले यसमा प्रत्यक्ष रोजगारी समेत पाएका छन् भने अप्रत्यक्ष रोजगारी पाउने समेत धेरै छन् ।

Skip This
Skip This
Logo