नो केबलकार समूहका १५ जना पक्राउ, प्रहरीले दमन गरेको आन्दोलनकारीको आरोप

नो केबलकार समूहका १५ जना पक्राउ, प्रहरीले दमन गरेको आन्दोलनकारीको आरोप

केन्द्रबिन्दु
87
Shares

काठकाडौं । पाथीभरा केवलकार निर्माण विवाद चर्किदै जाँदा प्रहरी र नो केबलकार समूबीच पटक पटक झडप भएको छ ।

शनिबार साँझ प्रहरी र नो केबलकार समूह बीच झडप हुँदा आइतबार ताप्लेजुङमा निधेष आदेश लगाउनुपर्ने अवस्था आयो ।
यसै घट्नालाई लिएर ताप्लेजुङमा प्रहरीले केबलकार समूहका १५ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पक्राउ परेकाहरूको नाम भने सार्वजनिक गरेको छैन । प्रदेश प्रहरी कार्यालय कोशीका वरिष्ठ प्रहरी उपरीक्षक भीम दाहालले १५ जना प्रदर्शनकारी पक्राउ परेको जानकारी दिए। उनले प्रहरीमाथि आक्रमण गर्नेहरूलाई पक्राउ गरिएको बताए ।

त्यसो त नो केबलकार समूह पक्षले भने १५ भन्दा बढीलाई प्रहरीले पक्राउ गरेको दाबी गरेको छ । उनीहरूले एकै घरबाट खाना खादै गरेका २६ जनालाई पक्राउ गरेर बेपत्ता बनाएको बताएका छन् ।

प्रदेश नम्बर १ पुनः नामकरण अभियान समितिका संयोजक केन्द्र सिङ थेगिमले प्रहरीले साँझ दमन गरेको बताए । उनले भने, ‘एकै ठाउँ बाट २६ जनालाई उठाएर बेपत्ता बनाइएको छ । उनीहरूको अवस्था अहिले सम्म थाहा छैन ।’

Skip This
Skip This
Logo