काठकाडौ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज आईतबार आफ्नो ७३ बर्ष पार गरेका छन् ।
पूर्वनिर्धारित कार्यक्रम बाहेक यस पटक जन्मदिनको विशेष कार्यक्रम केही नराखिएको बुझिएको छ । यसै अवसरमा आज दिउँसो २ बजे ‘केपी ओली कप फूटबल च्याम्पियनसिप’ राखिएको प्रधानमन्त्री ओलीले समाजिक सन्जाल फेसबुक मार्फज जानकारी गराएका छन् ।
‘खेल हेर्न एन्फा कम्प्लेक्स सातदोबाटो जाँदै छु, त्यहीं भेटौँला, शुभकामना आदानप्रदान त्यहीं गरौंला’ प्रधानमन्त्रीले भनेका छन् ।
बुबा मोहनप्रसाद ओली र आमा मधुको माइला छोराका रूपमा विसं २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्ममिएका प्रधानमन्त्री ओलीले विगतका बर्षमा विभिन्न कार्यक्रमका साथ जन्मदिन मनाउने गरेका थिए ।
विगतका बर्षमा कहिले पार्टीका कार्यक्रम त कहिले औपचारीक कार्यक्रमकै सन्दर्भमा जन्मदिन मनाउने गरेका ओलीले ७० औ जन्म दिन भने आफु जन्मिएको घरमा विशेष रुपमा मनाएका थिए ।
प्रधानमन्त्री ओलीलाई जन्मदिनको अवसरमा पार्टीका नेता तथा कार्यकर्ता, शुभेच्छुकहरुले हिजै देखी सामाजिक सञ्जालमार्फत जन्मिदिनको शुभकामना दिईरहेका छन् ।





























प्रतिक्रिया