नौ दिनअघि त्रिशूलीमा खसेका रोहितको शव फेला

नौ दिनअघि त्रिशूलीमा खसेका रोहितको शव फेला

केन्द्रबिन्दु
243
Shares

काठमाडौं । नौ दिन पहिले त्रिशूली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव फेला परेको छ । उनको शव नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ कालीखोला नजिकै फेला परेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।

त्रिशूली नदीको किनार शव पानीमा तैरिरहेको अवस्थामा फेला परेको हो। लमजुङको सुन्दबजार गाउँपालिका–३ चन्द्रेश्वर स्थायी घर भएका २७ वर्षका रोहित राना फागुन २ गते बिहान नारायणगढ–मुग्लिङ सडकखण्डमा पर्ने चितवनको इच्छाकामना गाउँपालिका–५ चट्टानेभीरमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

नारायणगढबाट काठमाडौं आउँदै गरेको मोटरसाइकल चालक राना सडकबाट अन्दाजी १५० मिटर तल त्रिशूली नदीमा बेपत्ता भएका थिए। राना सवार बागमती प्रदेश ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल भने सडकमै थियो ।

Logo