केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

निर्मलाको प्रतिवेदनदेखि ज्ञानेन्द्रको जय जयकारसम्म

निर्मलाको प्रतिवेदनदेखि ज्ञानेन्द्रको जय जयकारसम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

सांसद भीमसेनदास प्रधानले घरभाडावापत लिएको ८४ हजार फिर्ता गर्दै

काठमाडौं । नेपाली कांग्रेसका नेता सांसद भीमसेनदास प्रधानले घरभाडा वापत लिएको रकम फिर्ता गरेका छन् । उनले २०७४ फागुनदेखि २०७५ मंसिरसम्म संसद सचिवालयबाट घर भाडावापत लिएको ८४ हजार ३ सय रुपैयाँ संसद सचिवालयमा फिर्ता गरेका हुन् ।

काठमाडौंमै एक महिलाले गरिन् घाँटी थिचेर सौताको हत्या

एक महिलाले घाटी थिचेर आफ्नै सौताको हत्या गरेकी छन् । काठमाडौंको टोखा नगरपालिका–८, मिलन टोलमा मुगुको सोरू गाउँपालिकाकी २६ वर्षीया विष्णुमाया मल्लले सौताको हत्या गरेकी हुन् । अन्य आफन्त समेतलाई संलग्न गराएर मल्लले मुगुको टोरु गाउँपालिका–८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको हत्या गरेकी हुन् ।

निर्मला हत्याकाण्डः ५ सय ३२ पृष्ठको गोप्य प्रतिवेदन आईजीपीलाई बुझाईयो

एआईजी धिरु बस्न्यात नेतृत्वको छानबिन समितिले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणबारे ५ सय ३२ पृष्ठको प्रतिवेदन तयार पारेको छ । निर्मला हत्याकाण्डमा प्रहरीको भूमिकाबारे तयार पारिएको प्रतिवेदन प्रहरी प्रमुख आईजीपी सर्वेन्द्र खनाललाई बुझाईएको छ । प्रतिवेदनमा उक्त काण्डमा प्रहरीले गरेको अनुसन्धान, लापरवाही गर्ने प्रहरी अधिकारी लगायतका बारेमा विस्तृत रुपमा उल्लेख गरिएको छ ।

निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरी अधिकारीकै भूमिकामाथी शंका उठेपछि प्रहरी प्रधान कार्यालयले गत साउनमा एआईजी बस्नेतको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । समितिलाई प्रहरीको भूमिकाबारे आन्तरिक अनुसन्धान तयार पारेर प्रतिवेदन तयार पार्न निर्देशन दिईएको थियो ।

अर्थमन्त्रीको राजिनामा माग्दै सेयर लगानीकर्ताहरुको आमरण अनसन

सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा आमरण अनसन सुरु गरेका छन । सेयर बजार सुधार र बिस्तारको माग गर्दै एक साता अघिदेखि रिले अनसन सुरु गरेका उनीहरुको माग सरकारले सुनुवाई नगरेपछि काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्जेञ्च कार्यालयको मूलगेटमै सोमबारबाट सेयर लगानीकर्ता दवाव समूहको तर्फबाट आमरण अनसन सुरु गरिएको हो ।

विषाक्त रक्सी खाँदा रुकुममा तीनजनाको मृत्यु

रुकुम पश्चिममा विषाक्त रक्सी खाँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका– ९ मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका– ११ लहुँ भलाक्चाका ५४ वर्षीय कमानसिंह सार्की र मुसिकोट नगरपालिका १२ नयाँ गाउँका २१ वर्षीय पलबहादुर विक रहेका छन् ।

ज्ञानेन्द्र पोखरा पुग्दा लाग्यो ‘गणतन्त्रलाई फाँसी दे’ को नारा

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा पुगेका छन् । निजी भ्रमणका क्रममा एक साताको लागि पोखरा पुगेका ज्ञानेन्द्रलाई भव्य स्वागत गरिएको छ । स्वागतमा उनका समर्थकहरुले पोखरा विमानस्थलमा राष्ट्रिय झण्डा बोकेर गणतन्त्र विरोधी नारा लगाएका छन् ।

विद्युतका चौकीदार भट्टको हत्या आशंकामा ५ कर्मचारी पक्राउ

लालपुरपुस्थित नेपाल विद्युत प्राधिकरण लालपुर सबस्टेशनका सुरक्षागार्ड चन्द्रदेव भट्टको हत्या भएको आशंका प्रहरीले ५ जना कर्मचारीलाई पक्राउ गरेको छ । आइतबार ट्रान्सफरमा जलेर भएको मृत्युबारे अनुसन्धानका लागि प्रहरीले ५ जना कर्मचारी पक्राउ गरेको हो । पक्राउ पर्नेमा कार्यालय प्रमुख पदम चन्द, तिलक स्वाँर, मिनराज भट्ट, महेश शाह र कमल सिंह बडू रहेको कञ्चनपुर प्रहरी प्रमुख एसपी कुवेरसिंह कडायतले जानकारी दिए ।

चर्को नाराबाजीपछि कांग्रेसको महासमिति बैठक स्थगित

सामुद्रिक चक्रवातले बदली, देशभर चिसो बढ्यो

बाढीले बगाएर भारत पुर्‍याएको गैँडा फिर्ता, भारतीयको असहयोग

सरकारले अध्यादेशमा असन्तुष्ट कर्मचारीको गुनासो सुन्न समिति गठन गर्यो

नेपालको राष्ट्रिय धुन ‘श्रीमान गम्भीर’ बजाउने आयोजकले माफी माग्यो

वेबसिरिज ‘चुरीफुरी डटकम’ को छायांकन सुरु

नायिका खोज्दै जाँदा लाइफ पार्टनर पाएँ: निर्देशक दिवाकर भट्टराई (भिडियो अन्तर्वार्ता)

क्रिकेटर लामिछानेको ‘यो झरीमा’ सार्वजनिक

कसरी मिल्यो सारालाई फिल्म ‘सिम्बा’ ?

मोडल रश्मी तामाङको पछुतो- ‘मेरो जिन्दगी गयो अब’

नेपाल आइडलका सुमित पाठकको पहिलो गीत ‘आमा’ सार्वजनिक

मःम खाँदै हुनुहुन्छ ? पहिले यो पढौ

यसका साथै केन्द्रबिन्दु डटकममा आज राजनीति, सामाजिक, स्वास्थ्य,  शिक्षा, आर्थिक,  प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका थुप्रै समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न यहाँ  क्लिक गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको युट्युब च्यानल मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।

Logo