अर्थमन्त्रीको राजिनामा माग्दै सेयर लगानीकर्ताहरुको आमरण अनसन

अर्थमन्त्रीको राजिनामा माग्दै सेयर लगानीकर्ताहरुको आमरण अनसन

केन्द्रबिन्दु
0
Shares

सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा आमरण अनसन सुरु गरेका छन ।

सेयर बजार सुधार र बिस्तारको माग गर्दै एक साता अघिदेखि रिले अनसन सुरु गरेका उनीहरुको माग सरकारले सुनुवाई नगरेपछि काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्जेञ्च कार्यालयको मूलगेटमै सोमबारबाट सेयर लगानीकर्ता दवाव समूहको तर्फबाट आमरण अनसन सुरु गरिएको हो । सेयर लगानीकर्ताको तर्फबाट आमरण अनसन सुरु गरेका सेयर लगानीकर्ताद्धय हरि ढकाल र तिलक कोइरालाले आफूहरुको माग सम्बोधन नगरेको भन्दै अर्थमन्त्री खतिवडाको राजीनामा माग गरेका छन् । आफूहरुको माग सम्बोधनका लागि अर्थ मन्त्रालयद्धारा गठित उच्चस्तरीय अध्ययन समितिको कामै नभएको भन्दै ढकाल र कोइरालाले आपत्ति समेत जनाएका छन ।

मुद्रा र पूँजी बजारमा देखिएको समस्या समाधान गर्न अर्थ मन्त्रालयद्धारा गठित उच्च स्तरीय अध्ययन समितिले यसै साता प्रतिवेदन पेश गर्ने तयारी गरेको छ । तर सेयर लगानीकर्ताहरुले सो समितिले पेश गर्ने प्रतिवेदनले आफूहरुको समस्या समाधान गर्न नसक्ने दावी पनि गरेका छन ।

सेयर लगानीकर्ताहरुबाट कर असुलीमा समेत वृद्धि गरेपछि लगानीकर्ताहरु सरकारसँग आक्रोशित भएका हुन । उनीहरुले आफूहरुको लगानीको सुरक्षा गर्न माग गर्दै सरकारलाई दवाव दिन यस अघि पनि नेपाल स्टक एक्सचेञ्जको कार्यालयमा धर्नासहितका विरोध प्रर्दशनको कार्यक्रम गर्दै आएका छन । तर त्यसको पनि सुनुवाई सरकारले नगरेपछि आमरण अनसनमा बस्नु परेको सेयरलगानीकर्ता कोइरालाको भनाई छ ।

यसैबीच, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सेयर लगानीकर्ता दवाव समूहले सूरु गरेको आमरण अनसनसहितको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेता ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरुले भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको मूलगेटमै आमरण अनसन सुरु गरेका ढकाल र कोइरालासँग भेट गरी सेयर लगानीकर्ताहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाएका हुन् । त्यस अवसरमा बोल्दै काँग्रेस नेता एवम् पूर्व अर्थमन्त्री कार्कीले वर्तमान सरकार बनेयता ओरालो लागेको सेयर बजारमा तत्काल सुधार गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारले अस्थिर नीतिका कारण सेयर बजार ओरालो लागेको गम्भिर आरोप समेत लगाए ।

कम्युनिष्ट नेतृत्वको सरकार गठन भएयता पूजी बजार ओरालो लागेको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको आरोप छ ।

Skip This
Skip This
Logo