नुवाकोट दुर्घटनामा ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग

नुवाकोट दुर्घटनामा ज्यान गुमाएका परिवारलाई गाउँपालिकाको सहयोग

केन्द्रबिन्दु
0
Shares

बेत्रावती

नुवाकोटको दुप्चेश्वर गाँउपालिका–१ घ्याङफेदीको घ्याङडाँडामा भएको मिनीट्रक दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई गाउँपालिकाले राहत रकम उपलब्ध गराउने भएको छ ।

आइतबार बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले राहत सहयोग स्वरुप मृतकका प्रतिपरिवारलाई २५ हजार सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिनुभयो । सो दुर्घटनामा २० जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा घाइते भएकाको काठमाडौँको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि आर्थिक अभाव भएकाले सहयोगको लागि समेत गाउँकार्यपालिकाले सबैलाई अपिल गरेको छ ।

“मिनीट्रकमा यात्रुको बीमा हुँदैन । मिनीट्रक कुनै यातायात समितिसँग आबद्ध नभएकाले घाइतेको उपचारका लागि आर्थिक अभाव भएको हो,” अध्यक्ष तामाङले भन्नुभयो । घाइतेको उपचारका लागि सहयोग गर्न गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘दैवी प्रकोप कोष’को नाममा एभरेष्ट बैंक, समुन्द्रटार शाखामा रहेको खाता नं ०६४००१०५२००२१३ मा रकम जम्मा गर्न सबैमा अपिल गरिएको छ । बा ३ ख ३९१३ नं को मिनीट्रक दुर्घटना हुँदा १५ जना घाइते भएका थिए । मिनीट्रक चालक रामभक्त थापा र सहचालक साने बुढाथोकी फरार छन् ।
रासस

Logo