केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । "/>

विनोद चौधरी कांग्रेस महासमिति सदस्यदेखि कर्मचारीद्धारा आन्दोलनको घोषणासम्म

विनोद चौधरी कांग्रेस महासमिति सदस्यदेखि कर्मचारीद्धारा आन्दोलनको घोषणासम्म

केन्द्रबिन्दु
0
Shares

देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले केन्द्रबिन्दु डटकम र  केन्द्रबिन्दुको युट्युब च्यानल  मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ। हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ ।

करेन्टर लागेर विद्युत प्राधिकरणका गार्डको मृत्यु

नेपाल विद्युत प्राधिकरण लालपुर सव स्टेशनमा कार्यरत एक सुरक्षागार्डको करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर अन्दाजी ४५ वर्षीय सुरक्षागार्ड चन्द्रदेब भट्टको मृत्यु भएको प्रहरीले जनाएको छ । के कसरी करेन्ट लागेकोबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले जानकारी दिए ।

काठमाडौंमै महल भएर पनि राज्यबाट घरभाडा बुझ्ने सांसद

राजधानीमै ठूला ठूला महल हुने सांसदहरुले राज्यबाट महिनैपिच्छे घरभाडा लिईरहेका छन् । यस्ता ३० जना सांसदहरु राजधानीमै घर भएरपनि घरभाडा लिईरहेका हुन् । अर्को अचम्मको कुरा के भने काठमाडौंमा महल छ नै उनीहरु समाजमा धनाढ्य भनेर चिनिएकादेखि उद्योगी, व्यापारी र दलका चर्चित नेतासम्म छन् ।

३३ किलो सुनसहित भारतमा पक्राउ परेका २ जनालाई नेपाल ल्याईदैं

३३ किला सुनसहित भारतमा पक्राउ परेका २ जनालाई नेपाल ल्याउने तयारी भईरहेको छ । कोलकातामा ३३ किलो सुनसहित पक्राउ परेका दुईजनालाई नेपालमा ल्याएर थप अनुसन्धान गर्नेबारे सरकारले गृहकार्य सुरु गरेको हो ।

प्रचण्डप्रति ठट्टा गर्दै ओली भन्छन्, ‘मिल्ने भए दुवै जना प्रधानमन्त्री हुन्थ्यौं’

प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोशिस गरिरहेको दावी गरेका छन् । प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जति प्रयास गरेपनि सफल नहुने स्पष्ट पारे ।

डा. केसीका माग सम्बोधनको चरणमा, सम्भाव्यता अध्ययन टोली जुम्लामा

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबीबीएस कार्यक्रम सञ्चालन सम्भाव्यता अध्ययनका लागि कार्यदल टोली कर्णाली प्रदेशको जुम्लामा आएको छ । प्राध्यापक डा. गोविन्द केसीले उक्त पढाइ सञ्चालन माग गर्दै जुम्लामै अनशन बसेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वीर अस्पतालका प्रा. डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा उच्चस्तरीय कार्यदल गठन गरेको थियो । सोही कार्यदलको टोली शनिबार जुम्ला आएको हो ।

घरेलु हिंसा कसरी कम गर्ने ? यस्ता छन् उत्तम उपाय

२१ औ शताब्दीमा पनि महिलाहरु आफ्नो पुरै सामथ्र्यको हासिल गर्न सकेका छैनन् । महिलाहरुको शिक्षा र सशक्तिकरणको लागि विभिन्न अभियान हुने गरेको छ । घरेलु हिंसामा कमि ल्याउनको लागि रुवान्डामा एक ग्रासरुट्स इन्टरवेसन कार्यक्रममा पुरुषहरुलाई घरेलु काम सिकाईरहेका छन् । हालै भएको एक अध्ययनमा यस पहलले समाजमा सकारात्मक असर परिरहेको छ ।

कांग्रेस महासमिति बैठक परिसरमै हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन

नेपाली कांग्रेसको महासमिति बैठक स्थलमै हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन गरिएको छ । महासमिति बैठक चलिरहेको रामशाहपथस्थित यगम्बर पार्टी प्यालेस परिसरमा हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन गरिएको हो ।

योगेश भट्टराईले घरभाडा बाफतको सबै रकम फिर्ता गर्ने

नेकपा नेता तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले घरभाडा वाफत लिएको लिएका सबै रकम राज्यलाई फिर्ता गर्ने भएका छन् । काठमाडौंमा घर भएरपनि संसद सचिवालयबाट घर भाडा लिईरहेको समाचार सम्प्रेशण भएपछि भट्टराईले सबै रकम राज्यलाई लिर्फा गर्ने बताएका हुन् ।

निर्मलाका बाबु यज्ञराज डिस्चार्ज, भोलि महेन्द्रनगर फर्किदैं

झण्डै एक महिना लामो उपचारपछि निर्मला पन्तका बाबुलाई डिस्चार्ज गरिएको छ । छोरीको न्यायको लागि धर्नामा बसेका बेला बर्बराउने, कराउने, अनावश्यक गालीगलौजमा उत्रिन थालेपछि मंसिर ९ गते उपचारको लागि काठमाडौं ल्याईएको थियो । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भईरहेको थियो । स्वास्थ्य अवस्थामा सुधार आएपछि निर्मलाका बाबु यज्ञराज पन्तलाई डिस्चार्ज गरिएको हो ।

विनोद चौधरी र स्वर्णिम वाग्ले कांग्रेस महासमिति सदस्यमा मनोनित

नेपालका एकमात्र अर्वपति विनोद चौधरी र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले नेपाली कांग्रेस महासमिति सदस्यमा मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले दुवै जनालाई महासमिति सदस्यमा मनोनित गरेका हुन् ।

 

Logo