भारतीय बजारमा कियाले लन्च गर्‍यो नयाँ किया साइरोस

भारतीय बजारमा कियाले लन्च गर्‍यो नयाँ किया साइरोस

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । किया कम्पनिले नयाँ किया साइरोस लन्च गरेको छ । यसको बुकिङ जनवरी ३, २०२५ देखि सुरु हुनेछ। यसको मूल्य भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

कम्पनीले साइरोस एसयूभीमा १ लिटर क्षमताको टर्बो पेट्रोल स्मार्टस्ट्रिम इन्जिन उपलब्ध गराएको छ, जसका कारण यसले १२० पीएसको पावर र १७२ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड म्यानुअल र ७ स्पीड डीसीटी ट्रान्समिसन ल्याइएको छ । यसका साथै यसमा १.५ लिटर क्षमताको डिजेल इन्जिन पनि दिइएको छ, जसले ११६ पीएस पावर र २५० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।

साइरोसमा क्लाइमेट कन्ट्रोलका सिस्टमका लागि ५ इन्चको स्क्रिनको साथमा ३० इन्चको डिस्प्ले दिइएको छ। यसमा नयाँ दुई-स्पोक स्टेयरिङ ह्विल छ, जसमा वायरलेस चार्जिङ प्याडसहितको सेन्टर कन्सोल पनि समावेश छ ।

साइरोसमा वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, इन्फोटेनमेन्ट सिस्टमका लागि ओटीए अपडेट, इन-कार कनेक्टिभिटी टेक्नोलोजी, चार वटा भेन्टिलेट सिट, सेन्टर आर्मरेस्ट, ६०:४० स्प्लिट फोल्डिङ फंक्शन, पावर ड्राइभर सिट, ८- स्पिकर हरमन कार्डन साउन्ड सिस्टम, ड्युअल प्यानोरामिक सनरुफ, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ६ वटा एयरब्याग, फ्रन्ट र रियरमा पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा र लेभल २ एडीएएस सुइट सहित कुल १६ फिचर प्रदान गरिएको छ।

नयाँ किया साइरोस एसयूभीले भारतीय बजारमा कम्प्याक्ट एसयूभी सेगमेन्टमा टाटा, मारुती, हुन्डाई जस्ता कम्पनीका एसयूभीसँग प्रतिस्पर्धा गर्नेछ।

Logo