वीरगन्ज
माइती नेपालले एक वर्षमा पर्साको वीरगन्ज नाकाबाट १ सय ९३ महिलालाई उद्धार गरेको छ । पर्साकै ठोरीबाट ३७ जनाको उद्धार गरिएको उक्त संस्थाले जनाएको छ ।
यसमा सबैभन्दा बढी पर्साका ३५, बारा र मकवानपुरका २०-२०, सर्लाहीका १३, धादिङका आठ, नवलपरासीका सात, चितवनका ६, रौतहटका ६, काठमाडौंका सात जना छन् ।
बाँकी गोरखा, सिन्धुली, ओखलढुंगा, डोल्पा, मोरङ, सुनसरी, झापाका रहेको माइती नेपाल वीरगन्ज शाखा प्रमुख संगीता पुरीले बताइन् । उनीहरू मध्ये ३४ जना एसईई र ४० जना उच्च शिक्षा अध्ययन गरेकाहरू छन् ।
दलालले कमजोर आर्थिक अवस्था भएका महिलालाई प्रलोभनमा पारी भारत हुँदै खाडी मुलुकसम्म पुर्याएको पनि भेटिएको उनले सुनाइन् ।
शनिबार बिहान पनि दुई बालिकालाई उद्धार गरिएको छ । ‘भारत रक्सौलका एक व्यक्तिले मेला हेर्न आउन भनी बोलाएपछि उनीहरू त्यता जाँदै थिए’, उनले भनिन्, ‘नाकामा परिचालित माइती नेपालका कर्मचारीले शंका लागेर सोधपुछ गर्दा उनीहरू जोखिममा पर्ने देखिएपछि रोकेर फिर्ता पठाए ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया