ईपीएल: काठमाडौं प्लेअफमा प्रवेश

ईपीएल: काठमाडौं प्लेअफमा प्रवेश

केन्द्रबिन्दु
0
Shares

एभरेष्ट प्रिमियर लिग (ईपीएल)को जारी खेलमा काठमाडौं किग्स इलाभेन प्लेअफमा पुगेको छ । आज शनिबार भएको खेलमा भैरहवा ग्ल्याडियटर्सलाई ७ विकेटले पराजित गर्दै काठमाडौं प्ले अफमा पुगेको हो ।

१ सय ५० रनको विजयी लक्ष्य काठमाडौंले १९.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । काठमाडौंलाई सहज जित जिताउन ओपनर अमित श्रेष्ठले उत्कृष्ट अर्ध शतक (५१ रन) बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४९ रन बनाएको थियो । भैरहवाका लागि रविइन्दर सिंह र कप्तान शरद भेषावकरले उत्कृष्ट ब्याटिङ गरे ।

यस अघि नै भैरहवा र ललितपुर प्ले अफमा पुगिसकेका छन् ।

Logo