शाहरुखको फिल्म ‘जिरो’ रिलिज अगावै फाइदामा

शाहरुखको फिल्म ‘जिरो’ रिलिज अगावै फाइदामा

केन्द्रबिन्दु
0
Shares

‘बलिउड बादशाह’, ‘किङ खान’ ‘रोमान्स किङ’ शाहरुख खानलाई उनको प्रशंसकले बोलाउने नाम हो । विश्वकै धनाढ्य अभिनेताको सूचीमा उनी पर्छन् । फिल्मबाहेक विभिन्न उत्पादनको विज्ञापनबाट शाहरुखले करोडौं कमाउँछन् ।

उनी क्रिकेटका सौखिन छन् उनको क्रिकेट क्लवको नाम कोलकोता नाइट राइडर्स हो । परिवारप्रति अत्यन्तै वफादार अभिभावकको रुपमा शाहरुख चिनिन्छन् । करियरको उतार–चढावबीच पनि उनले पारिवारिक सन्तुलन गुमाएनन् ।

शाहरुख कुनैबेला टेलिफिल्ममा काम गर्थे । कडा श्रम र निरन्तर लगावले नै उनी यो उचाईसम्म पुगेका हुन् । उनको पहिलो फिल्म ‘दिवाना’ हिट भएको थियो । यहि फिल्मबाट सर्वोत्कृष्ट नवोदित अभिनेताको फिल्मफेयर अवार्ड पाएका थिए ।

‘दिलवाले दुल्हानिया ले जायेंगे’ जस्ता बल्कबस्टर फिल्म दिएका उनलाई ‘कुछ कुछ होता हे’ कभि खुशि कभि गम, कल हो ना हो जस्ता फिल्मले उनको करियरमा नयाँ मोड लियो । तर पछिल्लो समयमा उनको फिल्म बैक टु बैक फ्लप भैरहेको छ । जिरो फिल्मले उनको ओरालो लागेको करियरलाई फेरि माथी उठाउने आशा गरिएको छ ।

२१ डिसेम्बरमा शाहरुख खानको फिल्म ‘जिरो’ रिलिज हुन लागेको छ । उनको लागि यो फिल्मको सफलता निकै महत्व राख्छ । शाहरुखको पछिल्लोे रिलिज भएको फिल्म हेर्ने हो भने बक्स अफिसमा सफल रहेन ।

त्यसैले बक्स अफिसमा जिरो फिल्मलाई सफलताको दबाव बढिरहेको छ । यस फिल्ममा शाहरुख एक्टरमात्र नभएर निर्माता पनि हुन् । यो फिल्म २ सय करोडको बजेटमा बनेको हो ।

तर शाहरुखलाई फिल्मबाट घाटा हुनेवाला छैन । फिल्मले रिलिज हुनुभन्दा अघि नै २ सय करोडभन्दा माथि कमाइ गरिसकेको छ । अर्थात फिल्म प्रोफिटमा गइसकेको छ ।

फिल्मको म्युजिक र थियेट्रिकल राइट्स १ सय करोडमा बेचिएको छ भने ओवरसीज राइट्स ४० करोडमा बेचिएको छ । पछिल्लो फिल्म दिलवाले १ सय ३० करोडमा बेचिएको थियो ।

Skip This
Skip This
Logo