आज शुक्रबार सिनेमा हलमा तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । सुश्री सम्पती, डोली र कथा ७२ गरि तीन चलचित्र प्रदर्शन भएको हो ।
सुश्री सम्पती
सुव्रतराज आचार्य निर्देशित कमेडी जनारामा निर्माण भएको चलचित्र हो ‘सुश्री सम्पती’ । यस चलचित्रमा सलोन बस्नेत, सारा सिरपाली र बिनोद न्यौपाने मुख्य भूमिकामा रहेका छन् । साथै प्रमोद अग्रहरि, राजा पौडेल, जयनन्द लामा, सुनिता श्रेष्ठ ठाकुर, सन्तोष खनाल लगायतका कलाकारहरुले पनि अभिनय गरेका छन् ।
डोली
किरण नेपालीले निर्माण गरेको ‘डोली’ लाई जयराम थापाले खिचेका हुन् । यस चलचित्रमा पृथ्वीराज प्रसाई, किशोर खतिवडा, अर्जुन गुरुङ, नबिनराज रेग्मी, सानिया खान, दामोदर खतिवडा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । राज बहादुर सानेले निर्देशन गरेको यस चलचित्र प्रेम कथामा निर्माण गरिएको छ ।
कथा ७२
प्रवीण स्याङ्बो निर्देशित ‘कथा ७२’ लाई रमेश त्वयनाले निर्माण गरेका हुन् । यो चलचित्र २०७२ सालमा गएको भूकम्पको विषयलाई लिएर निर्माण गरिएको छ । चिन्तनराज भण्डारीले खिचेको चलचित्रमा आकाश मगर, सुप्रिया राना, केदार श्रेष्ठ, सारदा अधिकारी लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।





























प्रतिक्रिया