दाङमा आगलागीमा परि एकैघरका तीन बालबालिकाको मृत्यु भएको छ ।
बंगलाचुली गाउँपालिका ८ गुराँसेस्थित नवराज पुनको दुई तले घर आगलागी हुँदा उनका छोरा सात वर्षीय कृष्ण पुन, छोरीहरु पाँच वर्षीया अस्मिता पुन र साढे दुई वर्षीया अन्जु पुनको मृत्यु भएको हो।
जिल्ला प्रहरी प्रमुख एसपी कृष्णहरि शर्मा पोखरेलले आमा घरबाट बाहिर निस्केको बेला घरमा आगो लागेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिए। मृतक बालबालिकाका बुबा भारतमा रहेको उनले जानकारी दिए।
आगलागीमा परि चौपाया पनि मरेको उनने बताए। आगो कसरी लाग्यो भन्ने खुल्न बाँकी छ। अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया